दमौलीमा बोराभित्र शव भेटियो

केन्द्रभाग मिडिया

Dead body in a mortuary

दमौली ।

तनहुँको दमौलीमा एक व्यक्तिको शव भेटिएको छ ।

आज व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।खाँणको अनुसार शवको पहिचान खुल्न सकेको छैन ।

  • ३० जेष्ठ २०८०, मंगलवार १५:१६ प्रकाशित