काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो ।
लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । तर, आज सीतालाई फलोअप उपचारका लागि नर्भिकमा लगिएको जनाइएको छ ।
अस्पताल लगिएसँगै उनको नियमित चेकजाँच सुरु भएको छ । त्यहाँ भर्ना गरेर राख्ने या आजै निवास फर्किने भन्नेबारे यकिन भइनसकेको अस्पतालले बताएको छ ।
सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।













