पोखराको निलगिरी बोर्डिङको छतबाट खस्दा एक विद्यार्थीको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खस्दाँ एक छात्राको ज्यान गएको छ ।

हिजो (आइतबार) छतबाट खसेर घाईते भएकी पोखरा महानगरपालिका ८ स्थित बगालेटोल बस्ने १५ वर्षीय चाहात शाहको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।प्रहरीको अनुसार चाहातको मणिपाल अस्पतालमा उपचारको क्रममा हिजो नै ज्यान गएको हो ।

चाहातलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले बताएको छ । स्कुलले चाहात छतबाट खसेको बताएको छ यद्यपी उनले ट्युसन पढ्न गएको बेला स्कुलको छतबाट हाम फालेको बताइन्छ ।

भारतको बिहार मोतिहारी घर भएकी चाहातको मृत्युपश्चात स्कुलले आज स्कुल विदा दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २९ जेष्ठ २०८०, सोमबार १४:४१ प्रकाशित