पोखराको मिरर हाउससँगै रहेको स्वीमिङ पुलमा डुबेर १० वर्षीय बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको बाटुलेचौरमा रहेको एक स्वीमिङ पुलमा डुबेर एक बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसार पोखरा महानगरपालिका ८ आलुमाइला चोकका १० वर्षीय बालक ऐनक्स थापाको डुबेर ज्यान गएको हो ।

एनेक्स पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित मिरर हाउससँगै रहेको स्विमिङ पुलमा हिजो (शनिबार) पौडि खेल्न गएका थिए । सोही क्रममा डुबेका एनेक्सलाई उपचारका लागि दीप अस्पताल पुर्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको हो ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • २८ जेष्ठ २०८०, आईतवार १४:०७ प्रकाशित