प्रदेश १ मा तनावमा दलहरु, मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने नलिने अन्योल

केन्द्रभाग मिडिया

विराटनगर ।
प्रदेश १ फ्लोर क्रस गर्ने त्रासले दलहरु तनावमा देखिएका छन् । यसैका कारण आज मुख्यमन्त्रीले विश्वासको मत लिने नलिने भन्ने समेत अन्योल देखिएको छ ।

बैठक स्थगित गर्न कांग्रेस र एमालेले माग गर्दै सभामुखलाई लिखित आग्रह गरेका छन् ।

सत्तरुढ दल नेकपा एमालेले कात्तिक १५ गतेसम्म प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ।

पार्टीको अधिवेशनको कारण देखाउँदै एमालेले बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेको हो । यसअघि आजै काँग्रेसले पनि आन्तरिक कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको थियो ।

आफ्ना केही सांसदले फ्रलोर क्रस गर्ने सूचना पाएकाले दुबै दलले सभामुखलाई बैठक पर सार्न आग्रह गरेका जनाइएको छ ।

  • ७ कार्तिक २०७८, आईतवार १२:५१ प्रकाशित