काठमाडौँ ।
निर्वाचन आयोगले नयाँ निर्वाचन कानुनमा ‘नो भोट’को व्यवस्था राख्न प्रस्ताव गरेको छ । आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न तयार गरेको विधेयकको मस्यौदामा ‘नो भोट’ को व्यवस्था समावेश छ ।
आयोगले शुक्रबार राजनीतिक दलहरुसँगको छलफलमा नयाँ कानुनमा ‘नो भोट’को व्यवस्था गर्न लागिएको बारे परामर्श गरेको छ ।
त्यस क्रममा आयोगले निर्वाचनमा कुनै पनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान समावेश गरिएको जनाएको छ ।सो मस्यौदा संसद्मा पेश गर्न लागेको भन्दै आयोगले त्यसमा कुनै पनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान समेत समेटेको छ ।
त्यस्तै मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको व्यवस्था मिलाउनेबारे समेत समावेश गरिएको आयोगले जनाएको छ ।














