लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको रक्तदानमा ४९ पिन्ट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।
लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको आयोजना भएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको छ ।

क्लवका पुर्व अध्यक्ष लक्ष्मण तिमिल्सिनाको जन्म दिनको अवसरमा आज मेडीप्लस हस्पिटल ,महेन्द्रपुलमा रक्तदान सम्पन्न भएको हो । विगत सात वर्ष देखि तिमिल्सिनाको जन्मदिनको अवसरमा जेठ २५ गते रक्तदान कार्यक्रम आयोजना हुदैं आएको छ ।

रक्तदान कार्यक्रमको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जीवनदान भएको बताउदै अव हामीले निशुल्क दान गरेको रगत हामीले प्रयोग गर्दा समेत कुनै शुल्क नतिरी प्रयोग गर्न पाइने बताएका थिए ।

यस अघि विविध सामग्रीको मूल्य लिदैँ आइएकोमा हाल गण्डकी प्रदेश सरकारले आवश्यक किटहरु निशुल्क प्रदान गर्ने व्यवस्था गरेसंगै यो व्यवस्था लागु गरिएको बताएका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक एवम क्लवका पुर्व अध्यक्ष लक्षमण तिमिल्सिनाले रक्तदानले स्वास्थ्यमा असर नगर्ने र रक्तदान गर्दा रगत पातलो हुनुका साथै मृत रक्तकोष सफाइका साथै रक्त प्रवाहमा समेत सहयोग पुग्ने बताउदै रक्तदान कार्यक्रममा सरिक भएका रक्तदाताहरुप्रती आभार व्यक्त गरेका थिए ।

कार्यक्रमका संयोजक डा.सरोज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव लायन्स क्लव अफ पोखरा डेस्टीनेशनका पुर्व अध्यक्षहरु डा.अमर नागिला ,रामप्रसाद तिमिल्सिना , जोन चियरपर्सन राजेन्द्र शर्मा ,अध्यक्ष सन्तोष शर्मा ,हाम्रो गन्तब्य बहूउद्येश्यीय सहकारी सस्थाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिना ,मेडीप्लस हस्पिटलका सञ्चालक आनन्द भटराई लगाएतको उपस्थिति रहेको थियो ।

यस वर्षको रक्तदान कार्यक्रममा मेडीप्लस हस्पिटल ,हाम्रो गन्तब्य बहूउद्येश्यीय सहकारी संस्था ,लायन्स क्लव अफ पोखरा डेस्टीनेशन र लियो क्लव अफ पोखरा डेस्टीनेशनले समन्वय गरेका थिए ।

  • २५ जेष्ठ २०८०, बिहीबार १५:०२ प्रकाशित