जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको ज्यान गयो, ३ जना घाइते

केन्द्रभाग मिडिया

वालिङ ।

जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा परी चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

दुर्घटनामा परि सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

प्रहरीको अनुसार स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडी अर्जुनचौपारी गाउँपालिका ३ खोले भन्ने स्थानमा दुर्घटना भएको हो ।गाडीमा सवार अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन् ।दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • २५ जेष्ठ २०८०, बिहीबार ०९:४६ प्रकाशित