गर्मी बढेसँगै विद्युतको माग उच्च

केन्द्रभाग मिडिया

गर्मी बढेसँगै विद्युतको माग उच्च भएको छ । अहिले विद्युतको माग हालसम्मकै उच्च भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

अहिले २ हजार मेगावाटको हाराहारीमा बिजुलीको माग रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिएका छन् ।
अघिल्लो वर्ष १७ सय मेगावाटसम्म माग भएको थियो ।

अहिले भएको मागमध्ये नेपालमै उत्पादन भएको साढे ११ सय मेगावाट र अरु भारतबाट आयात गरिएको उनले जानकारी दिए ।

पछिल्लो समय देशभर गर्मी बढिरहेको छ । विशेषगरी तराई क्षेत्रमा अधिकतम गर्मी छ । गर्मीमा एसी, पंखा, फ्रिजलगायतका विद्युतीय उपकरणको प्रयोग अत्यधिक हुन्छ । सुख्खा सिजन तथा गर्मी बढेपछि शहर र तराई क्षेत्रमा बिजुलीको माग बढेको प्राधिकरणले जनाएको छ।

  • २४ जेष्ठ २०८०, बुधबार १६:३१ प्रकाशित