पोखरा । हिजो(सोमबार) बिहानदेखि परिवारको सम्पर्कमा नरहेका पोखरा फुलबारी ११ का ४२ वर्षीया रिखीराम शर्मा पौडेल हिजो नै मृत भेटिएका छन् ।
पोखरा महानगरपालिकाको चाउँथे नजिकै नहरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
कास्की प्रहरीका अनुसार पोखरा १४ चाउथे नविनटोलस्थित नहरमा पुरुषको शव भेटिएपछि अनुसन्धान हुदाँ मृत भेटिएका पुरुष पोखरा महानगरपालिका ११ फुलबारीका ४२ वर्षीया रिखीराम शर्मा पौडेल रहेको पुष्टि भएको हो ।
डिएसपी श्रवण कुमार विकको अनुसार मृत भेटिएका शर्माको आत्महत्या वा हत्या हो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान थालेको छ ।














