काठमाडौँ ।
तराईमा तातो हावा र लु लाग्न थालेको छ । अत्यधिक गर्मी बढेसँगै तराइैका विद्यालय बन्द गरिएका छन् ।
गर्मी बढ्दा स्वास्थ्यमा जोखिम हुने र असर गर्ने भएकाले तराईका जिल्लाहरूमा केही दिनका लागि विद्यालय बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागले तातो हावा तथा लु लाग्न थालेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरको छ ।
तराईका विभिन्न स्थानमा तापक्रमले निश्चित स्तर (थ्रेसहोल्ड) नाघेको छ । ती स्थानहरूमा तातो हावा र लु सुरु भएको छ । तराईका नागरिकलाई घाममा हिडडुल नर्गन र पानी धेरै पिउन सुझाव दिइएको छ ।














