काठमाडौं ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तको आजदेखि थुनछेक बहस हुने भएको छ ।
शुक्रवारसम्म सबै अभियुक्तहरूको बयान सकिएपछि आजदेखि थुनछेक बहस हुन लागेको हो ।थुनछेक बहसपछि अहिले हिरासतमा रहेकाहरूलाई पुर्पक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ।
यसअघि बयान लिएको इजलासमा रहेका काठमाडौं जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नै थुनछेक बहस हुनेछ।आइतबार पहिलो दिन अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्नेछन्। सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ।
हिरासतमा रहेका १८ अभियुक्तमा पूर्व प्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, सानु भण्डारी, रामशरण केसी,गोविन्द चौधरी, इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन छन्।














