शरणार्थी प्रकरण : आरोपीतहरुको बयान अन्तिम चरणमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीतहरुको बयान अन्तिम चरणमा पुगेको छ । शुक्रबार पुर्व गृहमन्त्री बालकृष्ण खाण, शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी व्यवसायी हरिभक्त महर्जनको बयान हुँदैछ ।

आइतबारबाट आरोपीतहरुलाई छाड्ने वा थुनामा पठाउने भन्नेबारे थुनछेक बहस शुरु हुन्छ । पुर्व उप–प्रधानमन्त्री टोप बहादुर रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त र रमेश बडालसहितका कानून व्यवसायीले बहस गर्ने भएका छन् ।
वरिष्ठ अधिवक्ताहरु रामचन्द्र सुवेदी, परशुराम कोइराला र ज्ञानेश्वर पराजुली,अधिवक्ता धर्मराज रेग्मी, करुणाकर मल्लीक र आकृति रायमाझीले पनि टोपबहादुरको तर्फबाट बहस गर्दैछन् ।

  • १९ जेष्ठ २०८०, शुक्रबार ११:०१ प्रकाशित