काठमाडौं ।
दुवै खुट्टा बिना सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताएका छन् ।
बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उनले दुवै खुट्टा गुमाएर पनि हरेस नखाइकन सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बताए । उनले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल अरोहण गर्नु देशकै लागि गर्वको कुरा भएको बताए ।














