रेशमलाई माफी दिएर सरकारले दण्डहीनतालाई प्रशय दियो : इन्सेक अध्यक्ष अर्याल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जन्मकैदको फैसला भई जेल जिवन बिताइरहेका रेशम चौधरीलाई सरकारले सजाय माफी दिदैं आज जेलबाट छुटकारा दिएको छ । रेशम जेलबाट छुटेसँगै आलोचना भएको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन् । क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा देशलाई नै अप्ठ्यारो बनाउने बताएका हुन् ।

अर्यालले रेशम चौधरीलाई आम माफी दिनु भनेको र देशमा कानुनको उल्लङ्घन गर्दा पनि राजनीतिक बलको आडमा कतिपयलाई सजाय नै हुँदैन भन्ने सन्देश पुग्ने बताए । राज्यले बलमिच्याइँका साथ दण्डहीनतालाई प्रश्रय दिनुले देशको छविमा समेत आँच आउने उनको भनाई थियो ।

  • १५ जेष्ठ २०८०, सोमबार ०९:५६ प्रकाशित