८ संक्रमितको मृत्यु, ५४५ जनामा संक्रमण, ७२६ जना निको भए

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो अपडेट अनुसार देशभर ८ संक्रमितले ज्यान गुमाएका छन् ।

देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलसनमा रहेका गरि उक्त संख्यामा संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै संक्रमणबाट देशभर ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३२६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।६ हजार ५ सय ८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भने ७२६ जना निको भएका छन् ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ । भने ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् ।

  • ४ कार्तिक २०७८, बिहीबार १७:०१ प्रकाशित