जनकपुरधाम ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला भेटिएको छ ।
मृत फेला परेका युवक शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो.तफेजुल रहेको स्थानीय राजु पासवानले जानकारी दिए । रातिमा कुटपिट गरी उनको हत्या गरिएको देखिएको उनले बताए ।
प्रहरीका अनुसार हत्या कसले गरेको भन्नेबारे केहि खुल्न सकेको छैन ।












