टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी : आफुलाई केही जानकारी नभएको भनाई

केन्द्रभाग मिडिया

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा रायमाझी पनि मुछिएका हुन् ।

बुधबार दिउँसो जिल्ला अदालत काठमाडौंले प्रतिनिधि सभा सदस्यसमेत रहेका रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । यता रायमाझीले भने आफूविरूद्ध पक्राउ पुर्जी जारी गरेकोबारे जानकारी नभएको बताएका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनामा रायमाझीको पनि सम्बन्ध देखिएकाले काठमाडौं जिल्ला प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी मागेको थियो।

यद्यपि एमाले सचिव रायमाझीले आफू अहिले अर्घाखाँचीको कार्यक्रममा भएको र अहिलेसम्म कसैले आफूलाई यो विषयमा सोधपुछ पनि नगरेको बताए।

रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

  • २० बैशाख २०८०, बुधबार १६:१६ प्रकाशित