माधव नेपालको चेतावनी : ‘माओवादीको दम्भ र घमन्डले गठबन्धन धरापमा पर्नसक्छ’

केन्द्रभाग मिडिया

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन धरापमा पर्न सक्ने बताएका छन् ।

नेपालले माओवादीको दम्भ र घमन्डले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गर्दै गठबन्धन धरापमा पर्न सक्ने संकेत गरेका हुन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनी समेत दिए ।

कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै नेपालले भने, ‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दुस्खी हुनुहुन्छ ‌ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’

प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर चुनावी गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनको टिप्पणी थियो ।

  • २० बैशाख २०८०, बुधबार १०:२० प्रकाशित