प्रतिनिधि सभा सदस्य कोइरी निलम्बित

केन्द्रभाग मिडिया

काठमाडौँ ।
हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

सभा सञ्चालन नभएको अवस्थामा सभामुख घिमिरेले सूचना टाँस गरेर सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो । सो पत्रपछि सभामुख घिमिरेले सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

  • १९ बैशाख २०८०, मंगलवार १७:४७ प्रकाशित