पहिरो अपडेट : घर पुरिँदा पाहुनासहित एकै घरका ६ जनाको मृत्यु

केन्द्रभाग मिडिया

File Photo

धनकुटा ।

लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिँदा धनकुटामा पाहुनासहित एकै घरका ६ जनाको ज्यान गएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ मा पर्ने बुधबारे बजारमा गएराति वर्षासँगै आएको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरधनी ६० वर्षका भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद श्रेष्ठ, पाँच वर्षीया नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का वर्ष ३९ का सञ्जीव श्रेष्ठ, वर्ष ३८ की लक्ष्मी श्रेष्ठ र वर्ष ७ का दिप्सन श्रेष्ठको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यस्तै पहिरोमा परेर ६ जना घाइते भएका छन् ।

 

  • ३ कार्तिक २०७८, बुधबार ०९:५६ प्रकाशित