कोरोना सङ्क्रमण भएमा तत्काल आइसोलेनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) संक्रमण दर बढ्न थालेपछि सरकारले यसको रोकथाम तथा संक्रमण न्यूनीकरणका लागि सतर्कता अपनाउन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ सङ्क्रमण भएमा तत्काल आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

सङ्क्रमणपछि आइसोलेसनमा ५ दिनभन्दा बढी बस्दा कुनै पनि लक्षण नदेखिए, विगत २४ घण्टाभित्र ज्वरोको औषधि नखाई ज्वरो कम भएमा त्यस्तो व्यक्ति सामान्य दैनिकीमा फर्कन मिल्ने मन्त्रालयको भनाइ छ ।

ज्वरो आउन कम नभएमा र सास फेर्न कठिनाई भएमा ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयको भनाइ छ । यस्तै, ७ दिनसम्म आइसोलेसनमा बसेका बिरामीलाई बाहिर आउनु अघि चिकित्सकसँग परामर्श गर्न पनि मन्त्रालयले सुझाव दिएको छ ।

  • ६ बैशाख २०८०, बुधबार १६:४३ प्रकाशित