पहिरोमा पुरिएर एकै घरका दुई नाबालकको मृत्यु

केन्द्रभाग मिडिया

फोटो: १ नम्बर प्रदेश प्रहरी कार्यालयको फेसबुक पेजबाट

झापा ।

धरान १३ मा पहिरोमा पुरिएर दुई नाबालकको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर धरान १३ को नागेश्वर मार्गका ७ वर्षीया निसु राई र वर्ष ४ का निहान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनीहरु दिदीभाई रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मंगलबार आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए ।

  • २ कार्तिक २०७८, मंगलवार १६:५४ प्रकाशित