उपेन्द्रलाई जिताउन लोसपाले खटायो कमाण्डर

केन्द्रभाग मिडिया

काठमाडौँ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी कमाण्डर खटाएको छ ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा यादवलाई हराउन भूमिका खेलेको सो पार्टीले वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनमा भने यादवलाई सघाउन चुनावी कमाण्डर खटाएको हो ।

लोसपाले पार्टीका मधेशप्रदेश अध्यक्ष जितेन्द्र सोनललाई सो क्षेत्रका लागि चुनावी कमाण्डरको रुपमा खटाएको हो ।

  • २४ चैत्र २०७९, शुक्रबार १६:४५ प्रकाशित