काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी कमाण्डर खटाएको छ ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा यादवलाई हराउन भूमिका खेलेको सो पार्टीले वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनमा भने यादवलाई सघाउन चुनावी कमाण्डर खटाएको हो ।
लोसपाले पार्टीका मधेशप्रदेश अध्यक्ष जितेन्द्र सोनललाई सो क्षेत्रका लागि चुनावी कमाण्डरको रुपमा खटाएको हो ।















