नयाँ वर्ष अफर : बन्दीपुरका होटलमा एक रुपैयाँमै बस्न पाइने

केन्द्रभाग मिडिया

बन्दीपुर,२ कात्तिक : तनहुँ जिल्लाको पर्यटकीय स्थल बन्दीपुरमा झरीमा घुम्दै आन्तरिक पर्यटक । तस्वीर : चन्द्रकला क्षेत्री,रास;

आन्तरिक पाहुनालाई आर्कषित गर्ने उद्धेश्यले बन्दीपुरमा नयाँ वर्ष अफर ल्याइएको छ ।आगामी वैशाख १ गते बन्दीपुरको होटलमा पुग्ने पहिलो पाहुँनाले एक रूपैयाँमै बस्न पाउने भएका छन्।

नयाँ वर्षलाई लक्षित गर्दै बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यस्तो प्रयास गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार यो अफरका लागि बन्दीपुरको होटलमै पुगेर बुकिङ गर्नु पर्नेछ।विशेष कोभिडले थला पारेका बेला बन्दीपुरलाई उकास्नका लागि विभिन्न प्याकेजहरू बनाइरहेको उनी बताउँछन्।

यस्तै, नयाँ वर्षलाई विशेष बनाउन बन्दीपुरमा विभिन्न कार्यक्रमहरू तयार हुँदैछन्। अध्यक्ष श्रेष्ठकाअनुसार चैत ३०, वैशाख १ र २ गते (बिहीबार, शुक्रबार र शनिबार) बन्दीपुरमा १५ वटाभन्दा बढी कार्यक्रम हुनेछ।

बन्दीपुरका ठाउँ ठाउँमा लाखे नाच, बाघ जात्रा, पुतली ट्रे, बिस्केट यात्रा, चुड्का, घाटु लगायत सांस्कृतिक तथा मौलिक कार्यक्रम राखिएको अध्यक्ष प्रधानले बताए। पाहुनाहरूलाई आकर्षित गर्न होटलहरुले आ–आफ्नो तरिकाले प्याकेजका कार्यक्रम पनि घोषणा गरिरहेका छन्।

बन्दीपुरमा दैनिक दुई हजार पर्यटक धान्न सक्ने पूर्वाधार छ।साना–ठूला गरी ७७ वटा होटल तथा रेस्टुरेन्ट र १२ वटा होमस्टे छन्।

  • २३ चैत्र २०७९, बिहीबार १६:४० प्रकाशित