बाढीले महाकालीको चट्टानबीचमा थुनिए पाँच स्थानीय

केन्द्रभाग मिडिया

प्रतिकात्मक तस्वीर

कञ्चनपुर ।

लगातार परेको अविरल वर्षाका कारण महाकाली नदीको एक टापुमा पाँच स्थानीय फसेको बताइएको छ ।

अत्यधिक वर्षाले खोलाको धार परिवर्तन भई अर्कोतर्फबाट बग्न थालेपछि उनीहरु टापुमा थुनिएका हुन् ।बाढीका कारण भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी स्थित पूर्णागिरि मन्दिरको फेदमा रहेको चट्टानको बिचमा उनीहरु थुनिएको बताइएको छ।

स्थानीयको अनुसार त्यस क्षेत्रमा उनीहरुले कुखुराको खोर बनाएर कुखुराको हेरचाहका लागि उनीहरु त्यहाँ बस्दै आएका थिए ।स्थानीयको अनुसार कुखुराका खोर बगाइसकेको छ ।

महाकाली नदीमा पानीको बहाव निरन्तर बढीरहेकाले फसेका स्थानीयलाई उद्धार गर्नको लागि त्यस तर्फ जान सक्ने अवस्था नरहको बताइएको छ ।

  • २ कार्तिक २०७८, मंगलवार ०८:५३ प्रकाशित