बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

पोखरा । ।
पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो ।

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणको आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

  • १७ चैत्र २०७९, शुक्रबार १७:५९ प्रकाशित