मिटरब्याजपीडितलाई बसेकै स्थानमा गएर भेट गर्दै प्रम दाहाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरूलाई भेट्ने भएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने प्रतिबद्धता सरकारबाट आएसँगै शनिबार पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताए । उनले सरकारसँगको छलफल पनि सकारात्मक रुपमा अघि बढेको बताए ।

  • १७ चैत्र २०७९, शुक्रबार १६:४७ प्रकाशित