पोखरा ।
नेपाल महिला संघ पोखरा महानगर समितिले महिलाहरुका लागि दुइ दिने नेतृत्व विकास तालिम प्रदान गरेको छ । समितिले पोखरा–११ मा दलित समुदायको महिलाहरुका लागि नेतृत्व बिकास संबन्धीत कार्यक्रम आयोजना गरको हो । महिला संघ सभापति माया बराल छेत्रीको संयोजकत्वमा भयको कार्यक्रममा गण्डकी प्रदेश समितिका प्रबक्ता मधुमाधब बास्तोलाको प्रमुख आतिथ्यमा रहेको थियो।
सो अवसरमा बोल्दै बास्तोलाले पछाडी परेको समुदायलाई नेतृत्व विकास तालिम दिएर महिलासंघले महत्वपूर्ण कार्य गरेको बताए । महिला त्यसमा पनि दलित महिलालाई समाजको मुलधारमा ल्याउन यस्ता तालिमले सहयोग पुग्ने बास्तोलाले विश्वास व्यक्त गरे ।
वडानम्बर ११ का अध्यक्ष प्रेम कर्मचार्यले सरकारको मात्र पहलले समाज परिवर्तन हुन नसक्ने भन्दै संघसंस्था समाज सबैको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस ११ का सभापति हरि बास्तोलाले दलित समुदायलाई मुलधारमा ल्याउन उनिहरुको क्षमता अभिबृद्धी र अवसर प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि मुकुन्द बास्तोला महिला संघ सभापति सारदा बास्तोला, बिस्नु माया परियार लगायतकाले बोल्दै नेपाल महिला संघले समाजमा पछाडी परेका र समस्यामा परेका महिलाहरुको कवज भएर उभिनुपर्नेमा जोड दिए ।
तालिममा अधिबक्ता कृष्ण तिमल्सिना र अधिवक्ता शरिता तिमल्सिना पंगिनीले सहजिकरण गरेका थिए ।
कार्यक्रमको दुर्गा बास्तोला र शोभा मिश्रको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा गोमा कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।। नेतृत्व विकास तालिममा ३० जना दलित महिलाहरूको सहभागिता रहेको थियो ।














