विराटनगरमा झडप : कम्तीमा १५ जना घाइते

केन्द्रभाग मिडिया

विराटनगर ।

विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो ।

एसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन् । यता आन्दोलनकारी तर्फ पनि ९ जना घाइते भएको बताइएको छ । आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बु, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बु, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बु रहेका छन् ।

पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् ।

  • १४ चैत्र २०७९, मंगलवार १६:४७ प्रकाशित