मिटरब्याजी पीडित पशुपति धर्मशाला जान तयार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सडकमै रात बिताएका मिटरब्याजी पीडितहरु धर्मशाला जान तयार भएका छन् ।

तराईबाट आन्दोलन गर्न पैदल हिड्दै काठमाडौँ पुगेका मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार भएका हुन् । सरकारको समन्वयमा मिटरब्याजी पीडित पशुपति धर्मशाला जान तयार तयार भएका हुन् ।

सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितहरुले खुलामञ्चको सडकमै रात काटेका थिए । वृद्धवृद्धा, महिला र वालबच्चासहित आएकालाई समस्या भएपछि पशुपति धर्मशाला जान तयार भएका छन् । मिटरब्याजी पीडितलाई उतै खान बस्ने सबै व्यवस्थासमेत गरिने बताइएको छ ।

म‌गलबार बिहान उनीहरु नक्सालसम्म पुगेर धर्ना दिएका थिए ।

  • १४ चैत्र २०७९, मंगलवार १५:३४ प्रकाशित