पार्वतीटोल विकास संस्थाकोे छैटौं साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ९ स्थित पार्वती टोल विकास संस्थाको छैटौं साधारण सभा आइतबार सम्पन्न भएको छ ।

साधारण सभा तथा समाज भवन उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गरेकी थिइन् ।

उपमेयर गुरुङले मानिसका आवश्यकता दिनप्रतिदिन वढ्दै जाँदा गास वास कपास पछि शिक्षा, स्वास्थ्य र रोजगार पनि थपिदै गएकोले अब आय आर्जनका कार्यमा महिलाहरु लाग्नु पर्ने बताइन् ।

कार्यक्रममा भवन वनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा एस टि. पल, गोविन्द तुलाचन (गोपी), पार्वर्ती आमा समुह, लेखमाया थापामगर, जितबहादुर मोक्तान, जितबहादुर तामाङ, मनमाया गुरुङ, नीरमाया मोक्तान र टौकुमारी पुनमगर रहेका छन् । सम्मानीत व्यक्तीलाई दोसल्ला, अविर र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । करिब १४ लाख लागतमा समाज भवन वनेको हो ।

सो अवसरमा पुर्व प्रदेश सांसद प्रभा कोइराला, पोखरा महानगरपालिका वडा नं. ९ कार्यबहाक अध्यक्ष लक्ष्मी पहारी, राष्ट्रिय महिला अधिकारकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ, कार्यपालिका सदस्य गोविन्द तुलाचन (गोपी), नेकपा एमाले पोखरा ९ का अध्यक्ष प्रेमबहादुर गुरुङ, भुमि अधिकार तथा श्रमिकसंघ कास्कीका अध्यक्ष टेक बहादुर प्ुन, गणतान्त्रिक टोलविकास संस्थाका अध्यक्ष कृष्ण परियार, दलित सन्जाल पोखरा ९ का सचिव विकास आनन्द, शान्तिघाट आमा समुहकी अध्यक्ष सरस्वती श्रेष्ठ सरु लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष भिमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जितबहादुर मोक्तानले स्वागत र संचालन सचिव लेखमाया थापामगरले गरेकी थिइन् ।

  • १४ चैत्र २०७९, मंगलवार ११:१७ प्रकाशित