काठमाडौं ।
विभिन्न जिल्लाबाट राजधानी पुगेका मिटरब्याज पीडितहरूलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यबद्धता जनाएका छन् ।प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा धर्नामा रहेका पीडितहरूलाई भेटेर रविले उनीहरू पक्षमा आफू रहेको बताएका हुन् ।
उनले भने, ‘पीडितहरूको पक्षमा म छु । संसदमा, सडकमा तपाईँहरूलाई जहाँ जहाँ आवश्यकता पर्छ त्यहाँ म छु पार्टी छ । तपाईँहरू वास्तविक पीडित हो, त्यो पीडा सम्बोधन गर्न हामी छौँ । हामी कुनै राजनीतिक लाभ लिन होइन तपाईँहरूका लागि आएका हौँ ।
आफू गृह मन्त्रालयमा हुँदा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न काम सुरु गरे पनि अहिले के प्रगति भइरहेको छ भन्नेबारे आफू अनविज्ञ रहेको उनले बताए ।














