कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।समयसमयमा आलोचना खेपिरहने थापाविरुद्ध कुटपिट गरेको आरोपमा महाराजगञ्ज प्रहरी बृत्तमा उजुरी परेको हो
यही शनिबार टोखाको भूतखेल ग्राउन्डमा पिकनिकका क्रममा मदिरा पिएर आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्री नामक युवकले उजुरी दर्ता गराएका हुन्।
क्षेत्रीले आफूलाई थापासहित तीनजनाले मदिरा पिएर कुटपिट गरेको दाबी गरेका छन्। उजुरी परेपछि दुवै पक्षलाई झिकाएर यसबारेमाछलफल गराउन लागिएको महाराजगञ्ज बृत्तका डीएसपी अंगुर जिसीले बताए।














