मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

केन्द्रभाग मिडिया

हेटौँडा ।

मकवानपुरमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

उत्तरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिका ४ छापकी ३३ वर्षीय सुमिना डिमडुङकले घरायसी विवादको कारण आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

घरमा राखिएको एक बोतल डिजेल आफ्नो शरीरमा खनाएर आगो लगाएको प्रहरीले जनाएको छ ।घाइतेलाई उपचारको लागी कीर्तिपुर अस्पताल काठमाडौं पुर्‍याइएको छ ।

  • १२ चैत्र २०७९, आईतवार ०९:३० प्रकाशित