बसन्त कुँवर बने नयाँ आईजीपी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक ९आईजीपी०मा नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदैछन् ।बुधबार एआईजीमा बढुवा भएका वसन्त कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीको रेसमा रहेका थिए ।

  • १० चैत्र २०७९, शुक्रबार १६:४८ प्रकाशित