तनहुँमा कोरोना संक्रमणदर घट्दै : भेन्टिलेटरमा उपचार गर्नेको संख्या शून्य

केन्द्रभाग मिडिया

तनहुँमा कोरोना संक्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या शून्य दरमा झरेको छ । जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना संक्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कोरोना पोजेटिभ भई हाल होम आइसोलेसमा रहेका ७५ जना रहेका छन् । जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा ३०, शुक्लागण्डकीमा १९, भिमादमा ९, म्याग्देमा ७, भानुमा ५, बन्दीपुरमा २ र देवघाट, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा १-१ जना रहेका छन् ।

आइतबारसम्म सक्रिय संक्रमितको संख्या ३७ रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । व्यास नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिका–९, भिमाद नगरपालिकामा ३, म्याग्दे गाउँपालिकामा ४, ऋषिङगाउँपालिकमा १ जना रहेका छन् । जिल्लाको घिरिङ गाउँपालिकमा भने कोरोनाको संख्यादर शून्य रहेको छ ।

  • १ कार्तिक २०७८, सोमबार १४:३० प्रकाशित