मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुगु केन्द्रबिन्दु भई भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ।

  • १० चैत्र २०७९, शुक्रबार ११:०७ प्रकाशित