मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बोलाइएको छ । आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी)नियुक्ति हुने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदैछन् ।

बुधबार बढुवा भएका ५ जना एआईजीहरू आईजीपीको रेसमा छन् ।वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदका दाबेदार छन् ।

  • १० चैत्र २०७९, शुक्रबार ०९:२२ प्रकाशित