वडा अध्यक्ष र वडा सचिव घुससहित रंगेहात पक्राउ

केन्द्रभाग मिडिया

symbolic picture

धनुषा ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको हो ।अख्तियारको टोलीले जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट सेवाग्राहीसँग घुस लिइसकेपछि रंगेहात पक्राउ गरेको हो ।
कानुनसम्मत गर्नुपर्ने कामका लागि पनि सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

  • ९ चैत्र २०७९, बिहीबार १५:५० प्रकाशित