गोरखाको हिउँपहिरोमा फसेका २ जनाको सकुशल उद्धार

केन्द्रभाग मिडिया

फाइल फोटो

गोरखा ।

उत्तरी गोर्खाको हिउँपहिरोमा फसेका दुई जनाको सकुशल उद्धार भएको छ ।

गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जान हिँडेका पूर्वी नवलपरासीका दुई जना हिजो(बुधबार)साँझदेखि हिउँपहिरोमा फसेका थिए । हिउँपहिरोमा दलदले निवासी सौरभ खनाल र उनकी साथी अनिता फसेका हुन्।

बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उनीहरुलाई चुमनुब्री गाउँपालिकाको धर्मशालाबाट उद्धार गरेको हो । उद्धारमा गएको टोलीले उनिहरुलाई आज गोर्खाको चुमनुब्री गाउँपालिकाको धर्मशाला भन्ने स्थानमा भेटिएको हो । उनीहरू समुद्री सतहबाट ५ हजार १ सय मिटरको उचाइमा भेटिएका थिए ।

उनीहरूलाई अहिले ५ सय मिटर तलसम्म बोकेर झारिएको छ ।

  • ९ चैत्र २०७९, बिहीबार १०:१२ प्रकाशित