भोलि(शुक्रबार) नेपाल प्रहरीमा नयाँ आइजिपी नियुक्त हुदैँछन ।
आइजिपीका लागि पाँच एआइजी प्रतिष्पर्धामा छन् । सोमबार बढुवा भएका एआइजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीका प्रतिस्पर्धामा रहेका हुन् ।
आइजिपी धिरजप्रताप सिंहबाट बुधबार दर्ज्यानी चिह्न लगाएलगत्तै भेट्न आएका उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । प्रधानमन्त्रीले उनीहरू पाँचमध्येबाटै नयाँ आइजिपी नियुक्ति हुने बताएका छन् ।














