अस्पताल पुगी प्रचण्डले भेटे वैद्यलाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।

स्वास्थ्यमा समस्या भई उपचाररत वैद्यलाई प्रचण्डले थापाथलीस्थित नर्भिक अस्पतालमा पुगी भेटेका हुन् । प्रचण्डले वैद्यको स्वास्थ्य स्थितीको बारेमा जानकारी लिएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

लामो समयदेखि दमबाट पीडित वैद्यको अचानक दम बढेपछि आइतबार बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो।आइतबार वैद्यको छातिको एक्सरे गर्दा छातिमा सामान्य दागसमेत देखिएको थियो । अहिले वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् ।

  • १ कार्तिक २०७८, सोमबार १२:५७ प्रकाशित