पोखरा ।
आज बुधबार अमेरिकी डलर र दिनारको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा छ । हिजो युरो १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २२ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ०७ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०४ रुपैयाँ १४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९८ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४८६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ९३ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४८६ रुपैयाँ ५९ पैसा विक्रीदर ४८८ रुपैयाँ ५३ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ३९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २३ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ३९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २३ पैसा थियो ।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ ।













