बिहानदेखि एनटिसी फोनमा समस्या : फोन नलाग्दा सेवाग्राही हैरान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आएको छ । जसको कारण फोन सम्पर्क हुन कठिन भएको छ ।

नेपाल टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएको बताए । उनको अनुसार टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको हो । र समाधानको प्रयास भइरहेको उनले बताए । मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

  • ८ चैत्र २०७९, बुधबार ११:०८ प्रकाशित