सुर्खेत ।
दैलेखमा मनकामना ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।
बुधवार नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
ट्रकमा सवार चालक, सहचालक गरी तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।
मृतकको पहिचान खुल्न सकेको छैन । ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ ।














