उपचुनावको विषयमा छलफल गर्न जसपाको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनता समाजवादी पार्टी नेपालले बैशाख १० गते हुने उपचुनावको विषयमा छलफल गर्न आज कार्यकारी समितिको बैठक बस्ने भएको छ ।

आज दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए । बैठकमा उपचुनाव, सरकारमा मन्त्री पठाउने, विधान अधिवेशन लगायतका विषयमा छलफल हुने उनले बताए ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार बैशाख १० गते चितवन, तनहुँ र बारा जिल्लाको तीन वटा क्षेत्रमा हुन लागेको उपचुनावमा पार्टीले के गर्ने त्यसको बारेमा पनि छलफल गर्नेछ ।

उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ । बारा २ मा हुने उप निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय छ । त्यसको आधिकारिक निर्णय हुन बाँकी छ ।

  • ८ चैत्र २०७९, बुधबार ०९:२४ प्रकाशित