पोखरा ।पोखरामा लागू औषध(ड्रग्स)सहित एक युवक पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका १३, कुडहरका ३० वर्षीय कृष्ण हमाललाई ६२१ एम्पुल लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनको साथबाट डाईजापाम २०७ एम्पुल, फेनारगन २०७ एम्पुल र नुफिन २०७ एम्पुल लागु औषध बरामद गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














