काठमाडौँ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले भ्रष्टाचार मौलाएको टिप्पणी गरेका छन् ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार बनेपछि देशमा भ्रष्टाचार अझ मौलाएको बताएका हुन् । विकास निर्माण आयोजनाहरु समेत रोकिएको ओलीले बताए ।
‘अहिले विकास निर्माणको गति आउँदैन । रोकिएका आयोजनाहरु दुर्तगतिमा अघि बढ्दैनन् । बाध्यताबस ठेक्का लागेका आयोजनाहरु टुलुटुलु हेर्नुहुन्छ’ ओलीले भने, ‘कसैको प्रमोशनको कुरा आयो भने फलानो केपी ओलीको मान्छे रहेछ भन्नुहुन्छ रोक्नुहुन्छ । यसरी पाँच सात पुस्तासम्म यस्तै गर्ने देखियो । उहाँको सम्बन्ध उहाँसँग् उहाँको सम्बन्ध अर्कोसँग उहाँको सम्बन्ध केपी ओलीसँग भन्ने अहिले पनि छ ।उहाँको मानसिकता नातावाद, कृपावाद, आफन्तवाद र एमाले विरोधी हुनुपर्ने छ ।’













